Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

हत्या गरी फरार रहेका ‘मुण्डा’ तीन वर्षपछि पक्राउ

काठमाडौं २२ वैशाख । काठमाडौँको तीनकुनेमा एक व्यक्तिको हत्या गरी फरार रहेका ‘मुण्डा’ भनिने सरोज सुन्दासलाई प्रहरीले तीन वर्षपछि पक्राउ गर्न सफल भएको छ । २०७५ साल मंसिर ८ गते गैरिगाउँस्थित पेट्रोल पम्पनजिकै सुन्दासले महेश परियार र मनिष बानियाँसँग मिलेर बिक्की थेवे लिम्बुको हत्या गर्नुका साथै अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएका थिए ।

परियार र बानियाँलाई सोही साँझ काठमाडौँको तारकेश्वर नगरपालिकाबाट नियन्त्रणमा लिएकोमा सुन्दास भने फरार रहेका थिए । उनी घटनापछि भारत गएर बसेका थिए । तर विगत २–३ महिनादेखि काठमाडौँको नैकापमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन्दासलाई हिजो बुधबार पक्राउ गर्न सफल भएको थियो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com