Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

आप्रवासी कामदारमाथि आक्रमण भएको गलत खबर फैलाएको भन्दै दैनिक भास्करविरुद्ध उजुरी दर्ता

नयाँ दिल्ली । तमिलनाडु राज्यमा आप्रवासी कामदारमाथि भएको आक्रमणबारे गलत सूचना फैलाएको आरोपमा त्यहाँको प्रहरीले भारतीय सञ्चारमाध्यम दैनिक भास्कर, तनवीर पोस्ट नामक ट्वीटर ह्यान्डल र बिजेपीका प्रवक्ता प्राशन्त पटेल उमरावविरुद्ध उजुरी दर्ता गरेको छ ।

तिरुपपुर उत्तर प्रहरी कार्यालयले इन्डियन पेनल कोडको धारा १५३ (ए) र ५०५ (आई) (बी) अन्तरगत उजुरी दर्ता गरेको द न्युज मिनेटले समाचार प्रकाशित गरेको छ । त्यस्तै, तिरुपपुरको साइबर प्रहरीले सोही धारा तथा इन्फर्मेसन टेक्नोलोजी एक्ट (आईपीसी)को धारा ५६ (डी) अन्तरगत तनवीर पोस्टविरुद्ध उजुरी दर्ता गरेको छ । यता थुथुकुडी केन्द्रीय प्रहरीले आईपीसीको धारा १५३, १५३ (ए) र ५०४ तथा ५०५ अन्तरगत उमरावविरुद्ध उजुरी दर्ता गरेको छ ।

दैनिक भास्करले १५ जना बिहारी आप्रवासी कामदारले ज्यान मार्ने धम्की पाएको समाचार प्रकाशित गरेको थियो । तामिलनाडुमा कामदारले हिन्दी बोलेकै भरमा ‘तालिबानजस्तै व्यवहार’ भोगिरहेको समाचारमा दाबी गरिएको थियो । उमरावले पनि राज्यमा थुप्रै आप्रवासी कामदारमाथि आक्रमण भइरहेको दाबी गरेका थिए । यसबारे सामाजिक सञ्जालमा विभिन्न असम्बन्धित भिडियोहरू भाइरल भएका थिए ।

यस्तो रिपोर्टपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले प्रहरीलाई यसबारे छानबिन गर्न आग्रह गरेका थिए । तमिलनाडु प्रहरीका डीजीपी सैलेन्द्र बाबुले बिहारका डीजीपीसँग कुराकानी गर्दै यस्ता कुनै पनि घटना नभएको प्रष्ट पारेका थिए ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com