Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ठाउँठाउँमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध

दैलेख – निरन्तरको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कालीकोट खाडाचक्र नगरपालिका–५ मौलाकाटीमा माथिबाट ढुङ्गा र माटोसहितको पहिरो आएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

यसैगरी दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडक माथि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

गुराँस गाउँपालिका–६ जिरो प्वाइन्ट र केराबारीमा सडक माथिबाट पहिरो आइ बन्द भएको सुर्खेत–दैलेख सडक खण्ड अहिले सञ्चालनमा आइसकेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com