Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एमाले र एकीकृत समाजवादी मिल्नुको बिकल्प छैन – रोकाया 

अनेरास्ववियु विद्यार्थीको मुल प्रवाह – जलसा 

कालीकोट/नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्ववियुको संयुक्त कार्यक्रम कालीकोट जिल्लाको सदरमुकाम मान्ममा आयोजना भई सम्पन्न भएको छ । 

मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरुमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमाका सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको अनेरास्ववियु केन्द्रिय सदस्य जलसा कुमारी वुढाले बताएकी छन् । 

नेकपा एमाले र नेकपा (एस) का प्रदेश तथा जिल्ला स्तरका नेताहरुका साथै दुबै तिरका विद्यार्थी नेताहरुको उपस्थितिमा आयोजना भएको उक्त कार्यक्रममा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा एमाले कर्णाली प्रदेश कमिटी सदस्य प्रकाश रोकायाले अनेरास्ववियुले आफ्नो गौरबशाली इतिहास कायम गर्नु पर्ने बताएका छन् । आफ्ना राजनीतिक जीबनका १८ बर्ष अनेरास्ववियुमा बिताएको स्मरण गर्दै उनले राष्ट्रिययताको पहरेदार, शैक्षिक आन्दोलनको नेता अनेरास्ववियु बिद्यार्थीहरुको मुलप्रवाह भएको बताए । 

स्पष्ट तथा प्रर्खर वक्ता रोकायाले मध्य पश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चुनाव स्थगित गर्नु विश्वविद्यालयको लाचारीपन हो भन्दै चुनाब जहिले भएपनि अनेरास्ववियुले चुनावमा हार्ने छुट नभएको जिकिर ‌गरेका छन । उनले दुबै अनेरास्ववियु एकै ठाउँमा आएर एमाले र एस बीच एकताका लागि दबाब सिर्जना गरेको बताउदै यो सन्देश देशैभर फैलाउनु पर्ने बताए । 

कार्यक्रममा नेकपा एमालेका कालीकोट जिल्ला अध्यक्ष जसी प्रसाद पाण्डे, नेकपा (एस) कालीकोट जिल्ला कमिटीका अध्यक्ष विश्वराज वम, खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले मन्तव्य राख्दै बिभाजित कम्युनिस्ट आन्दोलन त्यसमा पनि एमाले र एस बीच एकताका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । 

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य जलसा कुमारी वुढाले २०१९ सालमा स्थापना भएको अनेरास्ववियु बिद्यार्थीहरुको बाघ संगठन भएको वताउदै आफ्नो बिरासत कायम गर्न चुक्न नहुने बताइन । केन्द्रीय सदस्य वुढाले मध्य पश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा तत्काल चुनाव हुनुपर्नेमा विश्व विद्यालय प्रसाशनको ध्यानाकर्षण गराउदै शिक्षा क्षेत्रमा उत्पन्न बिकृति, बिसंगति, अपारदर्शी लगायतका विषयलाई सुधार्न अनेरास्ववियुले चुनाव जित्नै पर्ने रहेको बताइन । उनले दुबै अखिल बीचको सहकार्य खाली चुनाब उपयोगमा मात्रै सिमित नरहेर एकतासम्म ढिलो चाडो जाने कुरा आफुलाई विश्वास समेत रहेको बताइन । 

अमित मल्लको अध्यक्षता र जीबन मल्लले संचालन उक्त कार्यक्रममा अनेरास्ववियुका पूर्व नेताहरु कमल शाही, चित्रसिह गाउँले, तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाही लगायतकाे उपस्थिति रहेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com