Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

काठमाडौंको कलंकीमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ। बुधबार बिहान तीन बजेतिर टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अनिलकुमार घिमिरेका अनुसार बा ५ ख ७३४५ नम्बरको टिपरले विपरित दिशाबाट आइरहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक धादिङ धुनिवेशी नगरपालिका(२ का दिवाकर अधिकारीलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको डिएसपी घिमिरेले बताए। टिपर र टिपर चालक लीलाबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com