Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार जना विद्यार्थी पक्राउ

असार, १ काठमाडौं । काठमाडौंको ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

हिजो दिउँसो साढे १ बजे सुरक्षागार्डमाथि खुकुरी प्रहार भएको थियो।
घाइते भएका सुरक्षा गार्डलाई प्रहरीले उद्धार गरी मोडेल अस्पताल पुर्‍याएको थियो। उनको बायाँ कानमुनि चोट लागेको छ। उनको उपचारपछि डिस्चार्जसमेत भइसकेको छ।

प्रहरीका अनुसार घटनामा सोही कलेजका मानविकी संकाय अन्तर्गत कक्षा ११ मा पढ्ने विद्यार्थीहरू संलग्न देखिएका थिए।

म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा र टोखा बस्ने १८ वर्षीय सञ्जिव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com