Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

निर्देशक प्रताप सुब्बाको निधन

दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखकरनिर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ ।
स्थानीय गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधनबारे पुष्टि गर्दै उनको बिहीबार १२ बजे निधन भएको जानकारी दिए ।
गुरुप्रसाद मैनालीको कथामा आधारित ‘परालको आगो’मार्फत निर्देशकीय यात्रा सुरू गरेका निर्देशक सुब्बाले ‘मसाल’ ‘बाँच्न चाहनेहरू’, ‘कही अँध्यारो कहीँ उज्यालो’ लगायतका चलचित्र निर्देशन गरेका छन् । चलचित्र निर्देशन गर्नुभन्दा अघि उनले नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’ को निर्देशन गरेका थिए ।

‘मसाल’ चलचित्रमार्फत सुनिल थापा र डेनी डेङ्जोपालाई स्थापित गर्ने निर्देशक सुब्बा ‘कहीँ अँध्यारो कहीँ उज्यालो’ हल प्रदर्शनमा लफडा परेपछि दार्जिलिङबाट नेपाल आएका थिए । उनले नेपालमा केही समय टेली शृङ्खला र विज्ञापनमा काम गरेपछि ‘बन्द पर्दाभित्र’, ‘दिदी’, ‘चटयाङ’ र ‘भीष्म प्रतिज्ञा’ लगायतका चलचित्र निर्देशन गरे ।

अभिनेता नीर शाहका अनुसार पहिलोपटक अभिनय गराउने निर्देशक सुब्बाले नै खलनायकको भूमिकामा ‘भीष्म प्रतिज्ञा’ प्रस्तुत गरे ।
दिदीमा सम्झौता भएर पनि काम गर्न पाइएन । यद्यपि, भीष्म प्रतिज्ञाबाट मैले जीवनकै पहिलो खलनायकको अवार्ड पाएको थिएँ । मैले मानेको एउटा गुरु उहाँ नै हो,ु शाहले भने ।

निर्देशन छाडेर प्रशिक्षण गर्ने काम अँगालेका निर्देशक सुब्बाले डाइमन्ड इन्स्टिच्युट र सिने युनिभर्स खोलेर काम गरेका थिए । उनको अन्तिम काम प्रकाश कोविदको उपन्यासमा आधारित ‘देउता’ को निर्माण थियो । केही समयअगाडि नै सिक्किममा सुटिङ भएको यो टेली शृङ्खला महामारीको समयमा युट्युबमा सार्वजनिक भएको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com