Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

एक समय बलिउड फिल्मलाई मात्रै फिल्म भनिन्थ्यो । तर, पछिल्ला समय साउथ (दक्षिण भारतीय) केही यस्ता फिल्म थिएटरमा रिलिज भए । जसले साउथ फिल्म र त्यहाँका कलाकारलाई विश्वमा चिनायो । आज हामी साउथका केही सफल अभिनेत्रीको चर्चा गर्दैछौ, जो अहिलेसम्म सिंगल छन् ।

अनुष्का : साउथकी हिट अभिनेत्री हुन् अनुष्का शेट्टी । उनले धेरै उत्कृष्ट फिल्म गरिसकेकी छन् । बलिउड फिल्मका दर्शकले शेट्टीलाई फिल्म ‘बाहुबली’ का कारण चिन्छन् । अनुष्का अहिले ४० वष पुगिन् । तर, उनी अविवाहित छिन् । केही अगाडि उनको नाम अभिनेता प्रभाससँग समेत जोडिएको थियो ।

नयनतारा : नयनतारा साउथकी लेडी सुपरस्टारको रुपमा परिचित छिन् । निर्देशक विग्नेश शिवनसँग डेट गरिरहेको र दुबैको चाँडै विवाह हुन सक्ने अहिले चर्चा छ ।
त्रिशाा कृष्णन : त्रिशा कृष्णन पनि अविवाहित अभिनेत्री हुन् । उत्कृष्ट अभिनयको कारण साउथमा जम्न सफल उनका लाखौं फ्यान छन् । तर आफ्नो पूरा जीवन बिताउने निर्णय लिन सक्ने कोही जीवनसाथी उनले अहिलेसम्म पाएकी छैनन् ।

रश्मिका : रश्मिका मन्दाना साउथपछि बलिउड डेब्युको तयारीमा छिन् । उनको नाम अभिनेता विजय देवरकोन्डासँग पनि जोडिएको छ । दुबैको अफेयरको खबरले फ्यानहरु माझ चर्चा पाइरहेको छ । तर, दुवैले एक अर्कालाई असल साथि मात्र मान्छन् ।

साई पल्लवी : साई पल्लवी एक शक्तिशाली दक्षिण भारतिय अभिनेत्री हुन् । जसका लाखौं प्रशंसक छन् । उनी अभिनयका साथै सौन्दर्यका कारण पनि चर्चित छिन् । साईको पनि अहिलेसम्म विवाह भएको छैन । उसले पनि आफ्नो जीवनमा त्यस्तो व्यक्ति नभेटेको बताइन्छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com