Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सिन्धुपाल्चोकको सुकुटेमा महिलामाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

असार, २० काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे बिचमा महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बिच एड्भेन्चर क्याम्प रेसोर्टको टेन्टमा २६ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

घटना गत शनिबार बिहान ३ बजे भएको हो। टेन्टमा सुतिरहेको बेलामा आफूमाथि बलात्कार गरी फरार भएको भन्ने महिलाले जाहेरी दिएकी थिइन्।

फरार भएको खुलेपछि प्रहरीले खोजेर काठमाडौंको कलंकीबाट तीन जनालाई पक्राउ गरेको बस्नेतले बताए।
उनीहरूलाई आइतबार राति काठमाडौंबाट पक्राउ गरी सिन्धुपाल्चोक लगिएको हो।
पक्राउ पर्नेमा काठमाडौंको कलंकी बस्ने २६ वर्षीय सुलभ क्षेत्री, १८ वर्षीय प्रिन्स थपलिया र रूस कार्की छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com