Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

दिउँसो पौने १ बजे ३२ प्रतिशत मतदान

आज भइरहेको प्रतिनिधि तथा प्रदेश सभा चुनावमा आइतबार दिउँसो पौने १ बजेसम्म देशभरि ३२ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगले दिउँसो पत्रकार सम्मेलन गर्दै बिहानको समयमा कम मतदान भएको जनाएको छ।

‘चिसोका कारण हो कि किन हो फर्स्ट आवरमा कम मतदाता आउनुभयो। १०-११ बजेदेखि लाइन बढ्न थालेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,‘मतदान दिउँसो अझै बढ्ने विश्वास छ।’

केही ठाउँमा भएका छिटपुट घटनाबाहेक मतदान उत्साहजनक र शान्तिपूर्ण रूपमा भइरहेको उनले बताए।
उनले आजै रातीबाट केही स्थानको मतगणना सुरू गरिने पनि जानकारी दिए।
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ७० प्रतिशत मतदान हुने विश्वास व्यक्त गरेका थिए।सेतोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com