Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

चीन अत्यधिक गर्मीको चपेटामा, तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस

युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ ।

चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी अखबारका अनुसार त्यहाँको तुरफन डिप्रेशनको सानबाओ टाउनशिपमा तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।

पर्यटकीय क्षेत्रको रुपमा रहेको तुरफन डिप्रेशनको सानबाओ टाउनशिप अंगुरका लागि पनि प्रख्यात छ । त्यहाँ अझै ५ दिन तापक्रम यस्तै रहने चेतावनी दिइएको छ । यसअघि सन् २०१५ मा चीनको आयडिंग क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा धेरै मापन भएको थियो ।

यस्तै, चीनको राजधानी बेइजिङमा २८ दिनदेखि अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा धेरै छ ।

युरोप र अमेरिकामा अत्यधिक गर्मी बढेपछि नागरिकका लागि एड्भाइजरी जारी  गरिएको छ । इटालीमा हिजो तापक्रम ४६ डिग्री सेल्सियस पुगेको थियो । अत्यधिक गर्मीका कारण चीन, अमेरिका र युरोपमा तातो आवा अर्थात लू चल्ने चेतावनी दिइएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com