Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

प्रदर्शनका क्रममा आपसमा ठोक्किए दोस्रो विश्वयुद्धमा प्रयोग भएका दुई लडाकु विमान

दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त भएका छन्।
सैन्य लडाकु विमान प्रदर्शनका क्रममा आपसमा ठोक्किएको अलजजिराले जनाएको छ। ठोक्किएलगत्तै दुबै विमानमा आगलागी भएको थियो।

दुर्घटनाबाट भएको मानवीय क्षतिबारेको विवरण अझै सार्वजनिक भएको छैन।
अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार दोस्रो विश्व युद्ध ताकाका बोइङ बी-१७ र बेल पी-६३ विमान आपसमा ठोक्किएका हुन्।

बी-१७ मा चालक दलका सदस्यसहित कम्तीमा चार जना उड्न मिल्ने र पी-६३ मा पाइलट मात्रै रहने बताइएको छ। दुर्घटनाग्रस्त जहाजमा कति सवार थिए भन्ने खुलाइएको छैन।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com