Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

महानगरपालिकाले आजदेखि पानीपुरी र चटपटे बिक्री-वितरणमा रोक

असार, १२ काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपटे बिक्री-वितरण गर्न रोक लगाउने भएको छ।
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जीवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।

पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आजबाट माइकिङ गरेर जानकारी दिइरहेको छ।
‘महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भनेका छौं,’ नगर प्रहरी प्रमुख सीताराम हाथेछुले भने, ‘कसैले पानीपुरी र चटपटे बिक्री-वितरण गरेको पाइएमा कारबाही हुन्छ।’

यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो। त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो।

हैजा नियन्त्रणका लागि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन्।

‘प्रारम्भिक जानकारी अनुसार राजधानीमा हैजा सडक छेउमा बिक्री-वितरण गरिने पानीपुरी लगायत खाद्य पदार्थको माध्यमले फैलिरहेको भनिएकाले यसलाई नियन्त्रणका लागि हामीले सुरूआत गरेका हौ’, उनले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com