Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

मन्त्रीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

कार्तिक,२३ काठमाडौं । प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।
प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश १ सरकारले बताएको छ ।

यस्तै सरकारले राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री थापाको उपचारकै क्रममा आज बिहान साढे १० बजेतिर विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो।

५६ वर्षका थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) बाट मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार थिए।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा थापा एक महिनादेखि बिरामी थिए।

उनलाई सुरूमा डेंगी संक्रमण भएको थियो। पछि उनलाई निमोनियासमेत भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com