Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

६ वर्षीय बालकले शिक्षिकालाई गोली हानेपछि…

twitter sharing button
email sharing button
sharethis sharing button

अमेरिकामा एक शिक्षिकाले ६ वर्षीय विद्यार्थीले आफूलाई गोली हानेपछि क्षतिपूर्ति माग्दै मुद्दा हालेकी छन्।

भर्जिनिया राज्यको रिचनेक प्राथमिक विद्यालयकी शिक्षिका अबिगेल ज्वेर्नरले विद्यालय प्रशासनलाई पूर्वसूचना दिँदादिँदै पनि आवश्यक कदम नचालेको भन्दै मुद्दा हालेकी हुन्। उनले ४ करोड अमेरिकी डलर क्षतिपूर्ति मागेको समाचार संस्था रोयटर्सले जनाएको छ।

गत जनवरी ६ मा ती बालकले शिक्षिका ज्वेर्नरलाई गोली हानेका थिए। बालकले हानेको गोली हात र छातीमा लागेको थियो। आफू घाइते भए पनि उनले कक्षाकोठाका अरू विद्यार्थीलाई ती बालकबाट बचाएकी थिइन्। उनको उक्त साहसको सर्वत्र प्रशंसा भएको थियो।

उक्त घटनापछि उनले राजीनामा दिएकी थिइन्।

विद्यालयकी सहप्राध्यापक इबोनी पार्करले आफ्नो सुरक्षा गर्न नसकेको भन्दै ज्वर्नरले मुद्दा हालेकी हुन्।

ती बालकलाई पहिला पनि हिंसात्मक व्यवहार गरेको कसुरमा विद्यालयबाट निकालिएको भए पनि फेरि भर्ना गरिएको उनको आरोप छ।

ती बालकसँग हतियार छ भन्ने सूचना हुँदा पनि प्रहरी र विद्यालय प्रशासनले त्यो फेला पार्न नसकेकाले घटना भएको उनको दाबी छ।

अमेरिकामा बन्दुक राख्न खुला भएकाले बेला बेलामा गोलीकाण्ड भइरहन्छन्। पछिल्लो समय विद्यालय क्षेत्रमा पनि बन्दुक आक्रमणका घटना बारम्बार भइरहेका छन्। ६ वर्षका बालकले आफ्नी शिक्षिकालाई गोली हानेको घटना भने बिरलै हुन्छन्।

कानुनअनुसार नै बन्दुक राख्न पाइने भएकाले आक्रमणपछि यसरी मुद्दा हाल्ने घटना पनि बिरलै हुन्छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com