Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

समानुपातिकबाट ७६ महिला सांसद सुनिश्चित

काठमाण्डौ – समानुपातिकतर्फ ७६ महिला सांसद सुनिश्चित भएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार सङ्घीय संसदमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ७६ महिला पठाउनु पर्ने जनाएको छ ।

१ सय १० सदस्य समानुपातिकमा ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानुपातिकतर्फ प्रतिनिधित्व गराउनु पर्छ ।

निर्वाचन आयोगका अनुसार १० प्रतिशतभन्दा बढी सिट प्राप्त गर्ने चार दलले ३३ प्रतिशत महिला सुनिश्चित हुने गरी अधिकतम् बन्दसूचीबाट नाम पठाउनुपर्नेछ । यस्तै, एमालेले ३४ सांसदमध्ये आदिवासी जनजातितर्फ १०, खसआर्यमा ११, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिममा १ र पछिडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनुपर्नेछ ।

कांग्रेसले प्राप्त गरेको ३२ जनामध्ये आदिवासी जनजातिको ९, खसआर्यमा १०, थारु २, दलित ५, मधेसी ५, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना रहेको छ । यस्तै, १४ सिट पाएको माओवादीले आदिवासी जनजातिबाट चार, खस आर्यबाट चार, थारुबाट एक, दलितबाट दुई, मधेसीबाट दुई तथा मुस्लिम र पिछडिएको वर्गबाट एकरएक जनाको प्रतिनिधित्व गराउनु पर्नेछ ।
१० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले भने यथासम्भव क्लस्टर मिलाउनुपर्ने आयोगले जनाएको छ । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com