Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

ललितपुरमा घरको चौथो तलाबाट हाम फालेकी महिलाको मृत्यु

माघ,२८ काठमाडौं । ललितपुरको इमाडोलस्थित एक घरको चौथो तलाबाट हाम फालेकी महिलाको पनि मृत्यु भएको छ। चौथो तलाबाट हाम फालेकी ३६ वर्षीया रबिना महर्जनको मृत्यु भएको हो। उपचारको क्रममा किस्ट अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।


हिजो अपराह्न ४:३० बजेतिर महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एक घरको चौथो लतलाबाट हाम फालेकी थिइन्।

४ तला माथिबाट हाम फालेकी रबिनालाई उपचारका अस्पताल पठाएर घर भित्र हेर्दा उनका २ छोरा–छोरी अचेत अवस्थामा भेटिएका थिए। रबिनाका ६ वर्षीया छोरा र २ वर्षीया छोरीलाई उपचारका लागि किस्ट अस्पताल पठाइए पनि डाक्टरले मृत घोषित गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com