अभिनेता सलमान खानका बडिगार्डले कति लिन्छन् पारिश्रमिक ?
![](https://www.yetikhabar.com/wp-content/uploads/2024/02/salman-and-sera-1708070529.jpg)
बलिउड अभिनेता सलमान खान जतिकै उनका अंगरक्षक शेरा पनि चर्चित छन्। शेरा करिब २९ वर्षदेखि सलमानलाई सुरक्षा दिइरहेका छन्। सलमान र शेराको राम्रो सम्बन्ध छ। शेरा सलमानलाई मालिक भनेर बोलाउँछन्। सलमान आफ्नो बडिगार्डसँग सामाजिक सञ्जालमा तस्बिर सेयर गरिरहेका हुन्छन्।
पछिल्लो समय सलमानलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको हुन्छ। उनी आफ्नो सुरक्षामा निकै पैसा खर्च गर्छन्। मार्ने धम्कीबीच उनले बुलेटप्रुफ कार समेत किनेका छन्। उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन्। उक्त कारको मुल्य १ करोड रहेको बताइएको छ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2024/03/swasthe-karyalaya-kaski-1024x977.png)
त्यस्तै सलमान आफ्नो बडिगार्ड शेरालाई पनि महंगो पारिश्रमिक दिन्छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार शेरा वार्षिक २ करोड भारू पारिश्रमिक लिन्छन्। उनी एक महिनाको १५ लाख भारू पारिश्रमिक लिन्छन्।
शेराले सलमानलाई चण्डिगढ जाँदा पहिलो पटक सुरक्षा दिएका थिए। त्यसपछि उनीहरू एकसाथ छन्। शेराले एक अन्तर्वार्तामा सलमानको लागि आफ्नो ज्यान दिन सक्ने बताएका थिए। जबसम्म म जिउँदो छु सलमानको साथ वा उनको पछाडि होइन अगाडि देखिनेछु, ताकि उनीमाथि आउने खत्तरालाई पहिला सामना गर्ने सकूँ, उनले भनेका थिए।