Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला मृत फेला

फागुन,४ काठमाडौं । नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्। मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ। ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकरी दिनुभयो ।

‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले बताए । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भए पनि घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com