Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

काठमाण्डौ महानगरमा गरिब घरपरिवार गणना शुरु

काठमाण्डौ – गरिब घरपरिवार गणना अन्तर्गत अन्तिम पालिकाको रुपमा काठमाण्डौ महानगरपालिकामा गणना शुरु भएको छ । काठमाण्डौ महानगरमा आजदेखि गरिब घरपरिवार गणना शुरु भएको हो ।

यसअघि सात सय ५२ वटा पालिकामा गणना भइसकेको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार २०७० सालदेखि गणना शुरु भएको हो ।

सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको र १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

काठमाण्डौ महानगरको गणना सकेपछि बाँकी १३ जिल्लामा पनि परिचयपत्र बाँड्ने कार्यक्रम शुरु गर्ने उहाँले बताउनुभयो । काठमाडौं महानगरपालिकाभित्र गरिब पहिचान गर्न दुई सय नौ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् । उनीहरुले ट्याब्लेटमा विभिन्न विवरण भर्दै तथ्याङ्क सङ्कलन गर्नेछन् ।  रासस 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com