Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट

काठमाण्डाै – यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे

यूएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जाेडे । यस्तै कप्तान पाैडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए ।

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट भएकाे हाे । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनाेट हुन सकेको थिएन ।

अब नेपालले टी–२० विश्वकप एसिया क्षेत्र छनाेटकाे फाइनल खेलमा पर्सि आइतवार ओमानसँग कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । फाइनल खेल बिहान ११ बजे शुरु हुनेछ ।उज्यालो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com