Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

टिकटकमा सम्बन्धविच्छेदबारे कुरा गरिन्, ११ सय किमी टाढाबाट आएर पूर्वपतिले गरे हत्या

सामाजिक सञ्जाल टिकटकमा सम्बन्धविच्छेदको विषयमा कुरा गरेकी एक महिलाको पूर्वपतिले हत्या गरेका छन् । अमेरिकाको शिकागोमा पाकिस्तानी–अमेरिकी महिला सानिया खाँनले पतिसँग सम्बन्धविच्छेदको विषयमा आफ्ना अनुभूतिसहित जानकारी दिएकी थिइन् । उनको टिकटक हेरेपछि ११ सय किलोमिटर टाढाबाट आएर पूर्वपतिले सानियाको हत्या गरेको बीबीसी हिन्दीले जनाएको छ ।
यो घटना अघिल्लो महिनाको हो । टिकटकमार्फत सम्बन्धविच्छेदको कुरा गरेर उनी शिकागोबाट टेनसी जाने तयारीमा थिइन् । तर उनका ३६ वर्षका पूर्वपति राहेल अहमदले ११ सय किलोमिटर टाढाबाट आएर सानियाको गोली हानेर हत्या गरेको खबरमा उल्लेख छ । सानियाको हत्यापछि अहमदले आफैँलाई पनि गोली हानेको प्रहरीले जनाएको छ ।

सानिया र राहेलले पाँच वर्षको प्रेम सम्बन्धपछि सन् २०२१ मा बिहे गरेर सँगै बस्न थालेका थिए । तर बीचमा सम्बन्धमा खटपट आएपछि दुवैले छुट्टिने निर्णय गरेका थिए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com