Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

कागतीको मूल्य बढ्यो होलसेल मूल्य नै प्रतिकिलो ४२५ रुपैयाँ

काठमाडौं २६ चैत । भारतीय बजारमा कागतीको मूल्य बढेसँगै नेपाली बजारमा पनि कागतीको मूल्य उकालो लाग्न थालेको छ । भारतमा कागतीको मूल्यमा ठूलो वृद्धिसँगै आयातबाटै माग धानिँदै आएको नेपाली बजारमा पनि मूल्य बढ्न थालेको हो ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार यही चैत १८ गते प्रतिकिलो २७५ रुपैयाँ होलसेल मूल्यमा बिक्री भइरहेको थियो । समितिका अनुसार आज कागतीको होलसेल मूल्य प्रतिकिलो ४२५ रुपैयाँ छ । भारतमा यसको मूल्य बढिरहँदा आयातबाट माग धान्ने नेपाली बजारमा समेत मूल्यवृद्धिको असर देखिन थालेको हो । भारतमा गर्मी बढ्न थालेसँगै कागतीको मागमा उछाल आएको छ ।
होलसेल बजारमा ४२५ रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको कागतीको मूल्य खुद्रा बजारमा ५५० रुपैयाँसम्म पुगेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com