Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

काठमाडौंमा भाइले गरे दाइको हत्या

३० जेठ, काठमाडौं। काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् । गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले बताएको छ ।

दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा आज बिहान पौने १० बजे पक्राउ गरिएको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले बताएको छ ।

गएराति घरमै दाजु–भाइबीच झगडा परेको थियो। झगडाको क्रममा राति १२ बजे भाइ सुरजले दाइ सूर्यको टाउकोमा खुकुरी प्रहार गरेर भागेका थिए। घरका अन्य सदस्यहरु सुतेकाले सूर्यमाथि खुकुरी प्रहार भएको थाहा पाएनन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com