Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

पेस्तोल देखाएर १५ लाख लुटियो

चैत्र,२५ काठमाडौं । सिरहा नगरपालिकाको गुलरिया नजिकबाट अपरिचित समूहले पेस्तोल देखाएर मनी ट्रान्सफरको १५ लाख रुपैयाँ लुटेका छन्।आज अपराह्न १२ बजे पेस्तोलधारी समूहले मनी ट्रान्सफरका सञ्चालक पुरूषोत्तम यादवसँग १५ लाख रकम लुटेका छन् ।

सिरहाको विष्णुपुर बजारमा मनि ट्रान्सफर सञ्चालन गर्दै आएका यादव सिरहा स्थित ग्लोबल आईएमई बैङ्कबाट उक्त रकम झिकेर कार्यालय आउँदै थिए। उक्त रकम लिएर मोटरसाइकलमा जाँदै गरेका यादवलाई सिरहा-चोहर्वा सडकको गुलरिया नजिक भारतिय नम्बरको मोटरसाइकलमा आएका पेस्तोलधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको पीडितको बयानलाई उद्धृत गर्दै सिरहा प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले बताए ।

सो समूहले रकम लुटेपछि यादव चढेको स ९ प ६३१० नम्बरको मोटरसाइकललाई सडकमै लडाएर भागेका थिए। यादवले उक्त रकम मोटरसाइकलको डिकीमा राखेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com