Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

भरतपुर महानगरपालिकामा चार वडाको मत गणना गर्न बाँकी

जेठ, ९ काठमाडौं । भरतपुर महानगरपालिकामा अब चार वटा वडाको मत गणना गर्न बाँकी रहेको छ। महानगरका २९ वटा वडामध्ये २५ नम्बर वडासम्मको मत परिणाम आइसकेको छ भने २६ र २७ को गणना भइरहेको छ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ। गणना सकिएका वडाहरुमा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन्। महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीसँग ११ हजार ३८९ मत अन्तरले अग्रता कायम राखेका छन्। दाहालले ४६ हजार ९३५ मत ल्याउँदा सुवेदीले ३५ हजार ५४६ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २४१ मत प्राप्त गरेका छन्।

मङ्गलबार बिहानसम्ममा मतगणना सम्पन्न गर्ने गरी गणना भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com