Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा

बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा झण्डै तीन सय गार्मेन्ट कारखानाहरू बन्द भएका छन् ।

श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा सुरक्षाका लागि अर्धसैनिक बल बोर्डर गार्ड बङ्लादेश (बीजीबी) का सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बीजीबी मुख्यालयका जनसम्पर्क अधिकृत सरिफुल इस्लामका अनुसार आशुलिया, सावर, मिरपुर, रामपुरा, अब्दुल्लाहपुर, तोङ्गी, गाजीपुर, कोनाबारीलगायत विभिन्न औद्योगिक क्षेत्रमा सेना तैनाथ गरिएको छ ।

मासिक २३ हजार टाका अर्थात् झण्डै दुई सय अमेरिकी डलर न्यूनतम आधारभूत तलबको माग गर्दै श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

ढाकाका तयारी पोसाक उत्पादकहरूले उच्च तलब संरचनासहितको नयाँ ज्याला प्रस्तावलाई अर्को हप्ता न्यूनतम ज्याला बोर्डमा पठाउनेबारे विचार गरिरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com