Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

जेठ, २४ काठमाडौं । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ। इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो।

आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोटीमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको हो।

इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटीसमेतको विद्युत लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ, प्राधिकरणले विद्युत कटौती गरेपछि ब्याकअप सिस्टमको प्रयोग गरिएको छ, ब्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ, आइस्पानले जनाएको छ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडाको बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही स्थानमा विद्युत कटौती गर्न थालेको छ। बक्यौता रकम भुक्तानीका लागि पटकरपटक आग्रह गर्दासमेत भुक्तानी नभएपछि प्राधिकरणले विद्युत कटौती गर्न थालेको हो। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com