Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

कपिलवस्तुमा बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस हिजो राति सवा १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको एसपी पौडेलले बताए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर वलीका अनुसार मृतकमध्ये तीन महिला र सात पुरुष छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com