Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

माघ,२१ काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com