Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ५ सय नाघ्याे

गएको शनिवारदेखि जारी इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या दुवैतर्फ गरी तीन हजार पाँच सय नाघेको छ ।इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको ज्यान जानुका साथै ८ हजार ७ सय १४ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, राष्ट्रसङ्घले गाजामा १ हजार ३ सय भवन ध्वस्त भएको जनाएको छ । ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसङ्घको तथ्याङ्क छ ।

यस्तै, हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङ्ख्या एक सय जना विदेशीसहित १ हजार ३ सय जना पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com