Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मतदाता नामावलीमा त्रुटि भए सच्याउनका लागि फागुन २६ गतेसम्म निवेदन दिन सकिने

काठमाडौं– मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि निर्वाचन आयोगले फागुन २६ गते सम्मको समय दिएको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आयोगले फागुन २० गतेदेखि सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा मतदाता नामावली सार्वजनिक गर्ने जनाएको हो।

कसैले झुटा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाइको मौका दिने जस्ता क्रियाकलपाहरु फागुन २० गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com