Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

दार्चुलामा बाढी-पहिरो: पाँच जनाको मृत्यु,सात जना बेपत्ता

भदौ,२५ काठमाडौै । दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।
हिजो रातिदेखिको अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताउनु भयो ।

महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको हो।
यस्तै नौगाड गाउँपालिकाका ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको प्रहरीले जनाएको छ।

अहिले थप खोजी तथा उद्धारका लागि सेनाको हेलिकप्टर पनि दार्चुला पुगेको गाहामगरले बताए।
उनले उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयको टोली खटिएको बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com