Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बंगलादेशमा यही वर्ष विद्युत निर्यात गर्छौँं: ऊर्जामन्त्री भुसाल

ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बंगलादेशलाई विद्युत निर्यातका लागि तयारी गरिरहेको बताएकी छन्।
आज काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशलाई विद्युत निर्यात गरिने बताएकी हुन्।

हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ।
‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत निर्यात गरेका छौं। अब बंगलादेशमा पनि निर्यात हुँदैछ,’ उनले भनिन्, ‘जलविद्युत उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत बंगलादेश जान्छ।’

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिइन्।
उनले घरायासी प्रयोजनका लागि मूल्य घटाएको र कृषि-सिँचाईमा ७५ प्रतिशत महसुल घटाएको बताइन्।
फरक प्रसङ्गमा उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने बताइन्।

शुक्रबार टुंगिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख गर्दै उनले भनिन्, ‘गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन आज साँझ टुंगिन्छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com