Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित पीटीआईका नेताकाे उम्मेदवारी रद्द

पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ । 

आयाेगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेकाे संसदीय चुनावमा उम्मेदवार बन्न खान अयाेग्य रहेकाे उल्लेख गर्दै उम्मेदवारी खारेज गरेकाे बीबीसी हिन्दीले जनाएकाे छ ।

खानसँगै पीटीआईका अन्य उम्मेदवारहरुकाे पनि उम्मेदवारी अस्वीकृत भएकाे पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले ट्वीटरमार्फत् जानकारी दिनुभएकाे छ । 

चुनावका लागि उम्मेदवारी दर्ता गर्ने हिजो अन्तिम दिन थियो । यसअघि गएको अगस्ट ५ तारिखमा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । निर्वाचन आयोगले उहाँलाई पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ । खुर्रम शेर जमानले इमरान खानको उम्मेदवारी रद्द गरेको विराेधमा अदालत जाने बताउनु भएकाे छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com