Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आजदेखि नानो युरिया मल बजारमा, एक लिटर मलको मूल्य ८०० रुपैयाँ

जेठ, ३१ काठमाडौं । रासायनिक मलको अभाव भइरहेको अवस्थामा सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको जानकारी गराए ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल हिजो नै विराटनगरमा उद्घाटन गरिएको र आजदेखि बजारमा उपलब्ध भएको जानकारी दिए ।

एक लिटर मलको मूल्य ८०० रुपैयाँ पर्ने र एक लिटर मलले एक बिगाहालाई नाइट्रोजन दिने उनको भनाइ छ । । भारतले ५ लाख लिटर उक्त मल दिने निर्णय गरेको उनको भनाइ छ ।

मन्त्री यादवका अनुसार भारतबाट असारभित्र ८० लाख मेट्रिक टन रासायनिक मल आउनेछ । असार १५ गतेसम्म साल्ट ट्रेडिङबाट टेन्डर भएका मल पनि उपलब्ध हुने उनले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com