Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

जापानमा भूकम्प: २४ जनाको मृत्यु

sharethis sharing button

जापानमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ। सोमबार जापानको पश्चिमी तटलाई केन्द्र बनाएर गएको ७.६ म्याग्नेच्युटको भूकम्पमा परी कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय समाचार एजेन्सी क्योडोले जनाएको छ।

इसीकावा प्रान्तको वाजीमा सहरका अधिकारीहरूले मंगलबारसम्म २४ जनको मृत्यु भएको पुष्टि गरेका हुन्। इसीकावा प्रान्त सरकारले घटनामा घाइते र मृतकका विवरण संकलन गर्ने काम गरिरहेको छ।

यस प्रान्तका विभिन्न सहरमा थुप्रै घरहरू भत्किएका छन्। वाजीमा सहरमा २५ भवन भत्किएका छन्। १४ वटा भवनमा अझै मानिसहरू फसेको हुनुपर्ने एनएचकेले समाचारमा उल्लेख छ। सुजु सहरमा पनि ५३ वटा घरहरू भत्किएका छन्।

भूकम्पपछि कतिपय घरमा आगलागी भएको थियो भने कतिपय ठाउँमा पहिरो खसेको छ। आगलागीबाट दुई सय बढी घरहरूमा क्षति पुगेको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com