प्रतिनिधि सभाको बैठक सुरु
जेठ, २३ काठमाडौं । प्रतिनिधि सभाको बैठक संघीय संसद् नयाँ बानेश्वरमा जारी छ। प्रतिनिधि सभाको बैठकमा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइएकोबारे अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदैछन्।
बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै नेकपा (एमाले)लगायत विपक्षी दलले विरोध जनाउने भएपछि संसद् बैठक सरेको थियो। ११ बजे बोलाइएको बैठक साढे १ बजेलाई सारिएको थियो।