Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

महाअभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल सुरु

काठमाण्डौ – प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताबीच छलफल थालेको छ । सिंहदरबारमा बसिरहेको महाअभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले नाम लिएका अधिवक्तासँग छलफल सुरु गरिएको हो ।

आजको बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, हरिहर दाहाल, शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रमन श्रेष्ठ, अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गर्दैछ । निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र चार पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि आज बोलाएको हो ।

यसअघि सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले बैठकमा नजाने बताएअनुसार पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की बैठकमा सहभागी हुनुभएको छैन । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com