Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मुसालाई ढुंगामा बाँधेर पानीमा फ्याँक्ने भारतीय नागरिक जनावर हिंसामा जेल जान सक्ने

भारतको उत्तर प्रदेशका एक व्यक्ति जनावर हिंसा मुद्दामा जेल जान सक्ने अभियोजनकर्ताहरूले बताएका छन् ।

गत वर्षको नोभेम्बर महिनामा मनोज कुमारले मुसालाई ढुंगामा बाँधेर एउटा नालीमा फ्याँकिदिएका थिए । सो मुसा ढुंगासँग डोरीले बाँधिएकाले फुत्किन नसकी मरेको थियो । जनावर अधिकारकर्मी भिकेन्द्र शर्माले त्यसपछि अदालतमा मनोजविरुद्ध जनावर हिंसा गरेको भन्दै मुद्दा हालेका थिए ।

अभियोजनकर्ताहरूले यस विषयमा अनुसन्धान गरेर ३० पृष्ठको आरोपपत्र तयार गरेका छन् । सो आरोपपत्रमा मुसा ढुंगासँग बाँधिएकाले पानीमा डुबेर मरेको उल्लेख छ । उत्तर प्रदेशका वरिष्ठ अधिवक्ता राजिभ कुमार शर्माका अनुसार मनोजमाथि पशु क्रूरता रोकथाम ऐनअन्तर्गत १० देखि २ हजार रुपैयाँ जरिवानासहित तीन वर्षसम्मको जेल सजाय हुन सक्छ ।

मनोजका पिता माथुरा प्रसादले भने मुसा र काग मार्नु गलत कार्य नभएको बताइरहेका छन् । मुसाले आफ्नो घरको माटो र भाँडाकुँडामा क्षति पुर्‍याएको उनको भनाइ छ । -एनडीटीभी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com