Yeti Khabar

२०८० आश्विन ११, बिहीबार - Thu Sep, 2023 -

मेसी र नेइमारबिनाको पिएसजीको फ्रेञ्च लिग वानमा पहिलो हार

पेरिस सेन्ट जर्मेन (पिएसजी) को फ्रेञ्च लिग वानमा अपराजित यात्रा टुंगिएको छ।
पिएसजी गत मार्चपछि फ्रेञ्च लिग वानमा पहिलो पटक पराजित भएको हो। पिएसजीलाई लिगको दोस्रो स्थानमा रहेको लेन्सले आइतबार राति ३-१ गोलले पराजित गरेको हो।

दोस्रो स्थानमा रहेको लेन्सले यो सिजन १७ खेलमा एक पटक मात्र हारेको छ। अब लेन्स शीर्ष स्थानको पिएसजीभन्दा चार अंकले मात्र पछाडि छ।

आइतबार लेन्सका लागि फ्रान्कोस्वीले पाँचौ, ओपेन्डाले २८औं र माउराइसले ४७ औं मिनेटमा गोल गरेका थिए। आठौं मिनेटमा पिएसजीका लागि एकिट्केले गरेको बराबरी गोल सान्त्वनामा सीमित बन्यो।

निलम्बनमा परेका नेइमार र विश्वकपको विदामा रहेका लिओनल मेसीबिना पिएसजी मैदान उत्रिएको थियो।
अंक तालिकामा पिएसजी १७ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको लेन्सको समान खेलबाट ४० अंक भएको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com