Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पुर्चौडी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस ‍विजयी

जेठ, ४ काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार ‍विजयी भएका छन् । मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका छन् ।

बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९६५ मत पाएका छन् । माओवादी केन्द्रका बिक्रम कुवँर प्रतीकले ३ हजार ९०६ मत ल्याएका छन् ।

उपमेयरमा निर्वाचित धानुकले ५ हजार २०० मत ल्याइन् भने उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी जानकी बोहरा साउदले ४ हजार ६१२ मत पाइन् । माओवादी केन्द्रकी नन्दाकुमारी शाहले ३ हजार ९२३ मत ल्याइन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com