Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

प्रधानमन्त्री देउवालाई भेटे अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुखले

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिनले शिष्टाचार भेट गरेका छन्।
उनले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

बि. पी. स्मृति सामुदायिक सहकारी अस्पताल, बसुन्धराको १४ औँ वार्षिक साधारण सभामा शनिबार सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

भेटमा उनीहरूबीच द्वीपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो। प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका हुन्।
प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपाल बसाइका क्रममा उनले नेपालले राष्ट्र सङ्घीय शान्ति सेनामा पुर्‍याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com