Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ चैत, दाङ । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजेतिर दुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडी शारदा नगरपालिका वडा नं १ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताएका छन ।
दुर्घटनामा गाडी चालक २१ वर्षीय थलराज वली सामान्य घाइते भएका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com