Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

उडिन् केकी अमेरिका एयरपोर्ट पुर्‍याएर फर्किए पति रोहित

काठमाडौं १९ वैशाख । विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने छैनन् ।
टीभी पर्सनालिटी तथा साथी रीमा विश्वकर्मासँगै केकी अमेरिका उडेकी हुन् । नवविवाहितको योजना मधुमास हुने गर्छ, तर केकीको पतिबिनाकै अमेरिका उडानको योजना हनिमुन रहेन ।

‘काम मेरो पहिलो प्राथमिकता हो । हनिमुन दोस्रो । विवाहलाई जीवनमा हुने अपरिहार्य घटनाको रुपमा लिन्छु,’ अमेरिका उड्नुअघि केकीले भनिन् ।
झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीको विवाहमा सहभागी हुन रीमा गत साता अमेरिकाबाटै आएकी थिइन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com