Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु

फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले जनाएको छ ।

फ्रान्सेली र बेलायती नौसेनाहरूसँग काम गर्ने लाइफबोट, हेलिकप्टर र उद्धार टोलीहरू घटनास्थल पुगेका थिए ।
मानव बेचबिखन गर्ने आपराधिक गिरोहले गैरकानुनी ढंगले आप्रावासीलाई तेस्रो देशमा लैजाने क्रममा बारम्बार डुंगा दुर्घटना बढ्ने गरेका छन् । यी विषयलाई नियन्त्रण गर्न आप्रवासन प्रधानमन्त्री ऋषि सुनकको सरकारको मुख्य प्राथमिकताको मुद्दा बनेको छ ।

तटीय गार्डको नेतृत्वमा खोज र उद्धार कार्यपछि चार जनाको मृत्यु भएको पुष्टि भएको प्राप्त विवरण जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
यसअघि सन् २०२१ को नोभेम्बरमा एउटा डुंगा समुद्र पार गर्ने प्रयास गर्दा इङ्लिस नहरमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com