Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काठमाडौंको फोहोर एक वर्षभित्रै नियन्त्रण गर्छु : केशव

काठमाडौं २७ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएपछि एक वर्ष भित्रमा फोहोर मैलाको व्यवस्थापन गर्ने दाबी गरेका छन्।

काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले आफू निर्वाचित भएर आए फोहोरमैलाको समस्या समाधान हुने बताएका हुन्। ‘फोहोर मैला व्यवस्थापन एक वर्ष भित्रमा सदाका लागि नियन्त्रण गर्नेछु। केहीदिन भित्र महसुस गर्नुहोला,’ उनले भने, ‘म निर्वाचित भएर आएलगत्तै बिहान, दिउँसो र साँझ गरेर तीनपटक संकलन गरिन्छ।’

उनले फोहोर व्यवस्थापनमा कांग्रेसले राजनीतिक गर्न नपाउने पनि बताए। एक वर्ष भित्रमा धुवाँधुलो लगायतको समस्या पनि समाधान गर्ने स्थापितले दाबी गरे। ‘मलाई काठमाडौंमा मेरो प्रतिपक्ष छ जस्तो नै लागेको छैन,’ उनले भने,‘तर, षड्यन्त्र हुन सक्छ। तपाईंहरु सबैले चिर्नु होला।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com