Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

जंगलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला

असोज,३० काठमाडौं । दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं। ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आज दिउँसो फेला परेको हो।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले शव निकाल्न थालिएको जानकारी दिए।
प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरु बेपत्ता भएका थिए। डिएसपी मल्लले असोज २८ गते आचार्यको हजुरआमा आएर प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।

घर परिवारले सुरूमा उनीहरु प्रेममा परि भागेको हुनसक्ने आशंका गर्दै आएका थिए।
मल्लका अनुसार उनीहरुको हत्यापछि कसैले खाडलमा गाडेको हुनसक्ने बताए।

उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। अधिकारी दमार गाउँमै मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए।

उनकी आमा र बुवाको छोडपत्र भएका कारण उनीहरू आमासँगै मामा घरमा बस्दै आएको डिएसपी मल्ले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com