Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गाेली लागेर घाइते भएकी शर्मीलाको उपचारका क्रममा ज्यान गयाे

काठमाण्डाै – काठमाण्डाैको महाराजगञ्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मीला चौधरीको उपचारका क्रममा ज्यान गएकाे छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा बिहीवार हिजाे ज्यान गएकाे हाे । 

यही असोज १० गते काठमाण्डाै महानगरपालिका–४ पञ्चकन्यामा रहेकाे आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा ज्यान भएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

मृतक चौधरी नौ दिन अघि उहाँका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो । उहाँको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मण चौधरी पूर्वआईजीपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहनुभएको छ । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com