Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

खोलामा खसेर बेपत्ता भएका पुरूषको उद्धार

साउन,२८ काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका पुरूषको उद्धार भएको छ।
आज दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका एक पुरूषको प्रहरीले उद्धार गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

एक जना चिप्लिएर खोलामा खस्दा बगाएको छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पाएपछि प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको थियो।
सो टोलीले उनी जिवितै रहेको र खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला पारेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com